images
images

रामेछापका एक पुरुष फरार रहेको २० वर्षपछि पक्राउ

  • ७ जेष्ठ २०८०, आईतवार १८:०७

रामेछाप । रामेछापका एक पुरुष फरार रहेको करिब २० वर्षपछि पक्राउ परेका छन् ।

सुनापती गाउँपालिका वडा नम्बर ४ भञ्ज्यांङका ४६ वर्षीय बिरास लाल तामाङ फरार रहेको  करिब २० वर्षपछि पक्राउ परेका हुन् । मिति २०६० साल मंसिर ४ गते सोही स्थानका २७ वर्षीय रामशरण घिमिरे खत्रीलाई कुटपिट गरी उनलाई मारेर सुनकोशी नदीमा फाली तामाङ फरार भएका थिए । फरार भएका उनलाई प्रहरीको टोलीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा आज दिउँसो पक्राउ गरेको रामेछापका सूचना अधिकारी राजु ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।