images
images

नग्न भिडियो बनाई ब्ल्याकमेलः सिन्धुलीका पुरुष पक्राउ

  • १० बैशाख २०८१, सोमबार १५:२२

काठमाडौँ । रोजगारीको प्रलोभनमा नग्न भिडियो मगाएर ब्ल्याक मेल गरेको आरोपमा सिन्धुलीका एक पुरुष पक्राउ परेका छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिका ८ घर भई काठमाडौँको बुढानिलकण्ठ नगरपालिका बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी पक्राउ परेका हुन् । उनले रोजगारीका लागि फिजिकल फिटनेस चेकजाँच गर्ने भन्दै नग्न फोटो तथा भिडियो मागेर ब्ल्याकमेल गर्ने गरेको प्रहरी उपरिक्षक एवम सुचना अधिकारी दिपकराज अवस्थीले जानकारी दिनुभयो । अधिकारीले फेसबुकमा पाथीभरा नाम गरेको फेक आईडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरुको प्रचार गर्ने गरेका थिए । रोजगारीका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै उनले नग्न फोटो तथा भिडियो माग गरि आँफुले भने अनुसारको गतिविधि नगरे सामाजिक सञ्जालमा पव्लिक गरिदिने भन्दै ब्ल्याक मेल गर्ने गरेको प्रहरीले जनाएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका अधिकारी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक अवस्थीले जानकारी दिनुभयो ।