images
images

भ्रष्टाचार मुद्धामा दुई प्रहरी दोषी ठहर

  • ११ फाल्गुन २०८०, शुक्रबार १५:४२

विशेष अदालतले भ्रष्टाचार मुद्दामा २ प्रहरीलाई दोषी ठहर गरेको छ ।

अदालतले काठमाडौको बूढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत प्रहरी हवल्दार विष्णु सिंह र इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी नायब निरीक्षक पवन साउदलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
गत साउन ११ गते वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट ६२ हजार ५ सय १८ रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । आयोगले पक्राउ गरी विशेष अदालतमा दायर गरेको मुद्दामा सिंहलाई भ्रष्टाचार निवारण ऐन २०५१ को दफा २ को ९ बमोजिम एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद सजाय सुनाइएको छ ।

यसैगरी, ३० हजार घुस लिएको अभियोगमा सई साउदलाई गत मंसिर १२ गते पक्राउ गरिएको थियो । पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाइएकोमा उनलाई विशेष अदालतले आज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को १ बमोजिम ३० हजार जरिवाना र ३ महिना कैद हुने फैसला गरेको हो ।