images
images

कतारका राजा थानी नेपालमा, विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी दिँदै

  • ११ बैशाख २०८१, मंगलवार १६:२३

काठमाडौं । कतारका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नुभएको छ ।

उहाँ ३ बजेर ३९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो । राजा थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जानुभएको छ । विमानस्थलमै उहाँलाई नेपाली सेनाले २१ तोपको सलामी दिनेछ । कतारी राजा थानीले आजै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा साँझ राजकीय भोज आयोजना गर्नुभएको छ । थानीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । बंगलादेश हुँदै नेपाल आउनुभएका उहाँ बुधबारै स्वदेश फर्कने कार्यक्रम छ ।