images
images

बालबालिकालाई ललाईफकाई कानको मुन्द्रा चोरी गर्ने काभ्रेका दुई पुरुष पक्राउ

  • १३ बैशाख २०८१, बिहीबार ०६:२६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बालबालिकालाई ललाईफकाई कानको मुन्द्रा चोरी गर्ने दुई पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका–७ का ५७ वर्षीय कुुुुसुम शाक्य बुद्धाचार्य र बेथानचोक गाउँपालिका–४ का २१ वर्षीय सुनिल नगरकोटी रहेका छन् । उनीहरुले बनेपा नगरपालिकाका विभिन्न स्थानबाट बालबालिकालाई ललाई फकाई गरी एकान्त स्थानमा लगि बच्चाहरुले कानमा लगाएको मुन्द्रा चोरी लगेका थिए । मुन्द्रा चोरी गरी लगेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले आरोपीहरुलाई बनेपाबाट आइतबार पक्राउ गरेको हो । पक्राउ परेका आरोपीहरुको प्रारम्भिक सोधपुछका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई चोरी मुद्धा कसुरमा अनुसन्धान भइरहेको छ ।