images
images

नक्कली भुटानी शरणार्थी प्रकरण; टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

  • १३ बैशाख २०८१, बिहीबार १८:४६

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नक्कली भुटानी शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई थुनामै पठाउन आदेश दिएको छ।

सर्वोच्च अदालतले उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सदर गरेको हो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहितलाई भने थुनामै पठाउन आदेश दिएको छ।

सर्वाेच्च अदालतले केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई र सानु भण्डारीलाई पनि थुनामै पठाउने आदेश दिएको छ।