images
images

एक महिनादेखी बेपत्ता रामेछापका पुरुष खिम्ती खोलामा मृत फेला

  • १३ कार्तिक २०७९, आईतवार १८:३५

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा रामेछापका एक पुरुष मृत फेला परेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ होडम्पाका ६२ वर्षिय रित बहादुर भण्डारी तामाकोशी गाउँपालिका वडा नम्बर ७ स्थित खिम्ती खोलामा मृत फेला परेका हुन् । गत असोज १६ गतेदेखि घरबाट हराएका भण्डारीको शव हिजो खिम्ति खोलामा नचिनिने अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीको टोलीले मुचुल्का तयार गरी सो शवलाई उठाएर पोष्टमार्टमका लागि पशुपति चौंलागाई स्मृति अस्पतालको शव गृहमा ल्याएर राखेको थियो । वेवारिसे शव फेला पारेको खबर सार्वजनिक भएपछि रामेछापबाट आएका भण्डारीका आफन्तजनले दाँत, हातका औंला र कंकाल हेरेर शवको पहिचान गरेका हुन् ।

पहिचान भएपछि आज आफन्तजनलाई शव बुझाइएको दोलखाका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतले जानकारी दिनुभयो । मानसिक सन्तुलन गुमाएका भण्डारी हराएको करिव एक महिनापछि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।