images
images

सिन्धुलीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवक गम्भीर घाईते

  • १९ चैत्र २०८०, सोमबार ०७:५८

सिन्धुली । सिन्धुलीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा ईलेक्ट्रिसियनको करेन्ट लागेर एक युवक गम्भीर घाईते भएका छन् ।

घाईते हुनेमा इलाम माङसेबुङ गाउँपालिका–१ का ३८ वर्षीय रामकुमार लिम्बु रहेका छन् । फिक्कल गाउँपालिका–६ गेरुडाँडामा केन्द्रीय विद्युत प्रसारणलाईन विस्तार गर्ने क्रममा ट्रान्सफर्मरको मर्मत गर्दै गर्दा ईलेक्ट्रिसियनको करेन्ट लागेर लिम्बु गम्भीर घाईते भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिम्बुलाई अचानक करेन्ट लागेर जलि गम्भीर घाईते भएका छन् । गम्भीर घाईते भएकोमा उनलाई जनसेवा हेल्थ केयर घुर्मीमा थप उपचारपछि किर्तिपुर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।