images
images

लगातारको हावाहुरीपछि दोलखाको धेरै स्थानमा विद्युत ठप्प, जिरीमा एनटिसी सेवा समेत अवरुद्ध

  • १९ चैत्र २०८०, सोमबार ०८:३०

जिरी(दोलखा) । केही दिन यता लगातार परेको हावाहुरीको कारण दोलखाको विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरणको सेवामा समस्या आएको छ ।

दोलखाको जिरी, बैतेश्वर लगायत जिल्लाको विभिन्न पालिकाहरुमा हावाहुरीको कारण नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र अन्तर्गको सेवामा समस्या आएको हो । हिजो देखिनै जिल्लाको धेरै स्थानमा विद्युत अवरुद्ध भएपनि कुन–कुन स्थानमा लाइन अवरुद्ध भएको हो भन्ने बारे एकिन जानकारी आएको छैन । नेपाल विद्युत प्राधिकरण दोलखा शाखाका प्रमुख नेत्रमणी न्यौपानेले हावाहुरीको कारण धेरै स्थानमा विद्युतको पोल, तार लगायतमा समस्या आएपछि विद्युत प्रवाहको लागि प्रयास भइरहेको बताउनुभयो ।

यसैबीच, नेपाल टेलिकम अन्तर्गको एनटीसी सेवामा समेत समस्या आएको छ । बैतेश्वर र जिरी क्षेत्रमा नेपाल टेलिकम अन्तर्गतको एनटीसी सेवामा समेत समस्या आएपछि राम्रोसँग फोन सम्पर्क नहुँदा यो क्षेत्रमा विद्युत लाइनको कहाँ र के मा समस्या आएको हो भन्नेबारे जानकारी लिन असहज भएको प्रमुख न्यौपानेको भनाई छ । यो क्षेत्रमा हिजो दिउँसोदेखिनै विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् ।