images
images

बागमतीमा मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत दिने मुडमा छैन राप्रपा

  • १९ चैत्र २०८०, सोमबार १०:२३

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाले संसद्को परिस्थिति अनुसार निर्णय गर्ने भएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाका अनुसार मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धमा हालसम्म ठोस निर्णय नभएको हो । संसद्मा उत्पन्न परिस्थिति अनुसार आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो । राप्रपा सत्तामा रहनेभन्दा पनि नागरिकको आवश्यकताका विषयमा गम्भीर भएर आन्दोलनमा जाने तयारीमा रहेको नेता थापाको भनाई । सत्तापक्षमा रहने, मन्त्री लिने र सरकारमा जाने तयारीमा राप्रपा नरहेको नेताहरुको भनाई छ ।

राप्रपाले सङ्घीय सरकार र प्रदेश सरकारको अवस्था फरक हुन सक्ने र अवस्था अनुसार प्रदेश सरकारमा सहभागी हुन सक्ने पार्टीको निर्देशन प्राप्त भए पनि अहिले कै अवस्थामा विश्वासको मत दिने सोच राप्रपाको नरहेको स्पष्ट पार्नुभयो ।