images
images

मन्त्री पद माग्दै एकीकृत समाजवादीकी सांसद हेटौँडा नगएपछि प्रदेशसभाको बैठक प्रभावित

  • १९ चैत्र २०८०, सोमबार १४:४७

हेटौँडा । नेकपा एकीकृत समाजवादीकी सांसद हेटौँडा नगएपछि प्रदेशसभाको बैठक प्रभावित भएको छ ।

नेकपा एसकी सांसद रमा आलेमगर हेटौँडामा नगएपछि बैठक प्रभावित भएको हो । केन्द्रीय नेतृत्वले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै आलेमगर बैठकमा नगएको बताइएको छ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएपनि हालसम्म बस्न सकेको छैन । एकीकृत समाजवादीका नेताहरुका साथै गठबन्धनका नेताहरुले आवश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडा जाँदै गरेको र आलेमगरलाई पर्खिनु परेको कारण हालसम्म बैठक बस्न नसकेको हो । आलेमगरले भोट नदिएको अवस्थामा गठबन्धनको पक्षमा बहुमत नपुग्ने अवस्था छ ।