images
images

राप्रपाले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

  • १९ चैत्र २०८०, सोमबार १५:०२

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । परिस्थिति हेरेर आवश्यक निर्णय गर्ने बताउँदै आएको राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको हो । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएसँगै राप्रपाले भने मत नदिने निर्णय गरेको छ । यसअघि एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएसँगै विश्वासको मत दिने निर्णय गरेको थियो ।