images
images

सांसद अनुपस्थित भएपछि बागमती प्रदेशसभाको बैठक ४ बजेसम्मका लागि स्थगित

  • १९ चैत्र २०८०, सोमबार १५:२२

हेटौँडा । नेकपा एकीकृत समाजवादीकी सांसद अनुपस्थित भएपछि प्रदेशसभाको बैठक स्थगित भएको छ ।

नेकपा एसकी सांसद रमा आलेमगर बैठकमा अनुपस्थित भएपछि ४ बजेसम्मका लागि बैठक स्थगित भएको हो । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको भएपनि सत्ता गठबन्धनमा देखिएको खटपटका कारण बैठक बस्न ढिलाई भएको हो । आलेमगरले मन्त्री माग गर्दै बैठकमा नगएको बताइएको छ ।