images
images

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा राप्रपाद्धारा तटस्थ बस्ने घोषणा

  • १९ चैत्र २०८०, सोमबार १७:३५

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बस्ने घोषणा गरेको छ ।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी राप्रपाले पार्टी तटस्थ बस्ने घोषणा गरेको हो । छलफलमा सहभागी भएका राप्रपा प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टी तटस्थ बस्ने जानकारी गराउनुभएको हो । उहाँले राप्रपाका लागि कुनै दल टाढा र नजिक नरहेको भन्दै तटस्थ बस्ने जानकारी दिनुभएको हो । प्रदेशसभाको बैठक जारी रहेको छ ।