images
images

विद्यार्थी अभावका कारण काभ्रेपलाञ्चोकमा २५ वटा सामुदायिक विद्यालय बन्द

  • २० चैत्र २०८०, मंगलवार ०८:३५

काभ्रेपलाञ्चोक । विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि काभ्रेपलाञ्चोकका २५ सामुदायिक विद्यालय बन्द भएका छन् ।

चौरीदेउराली गाउँपालिकामा रहेका २५ वटा विद्यालयहरु विद्यार्थी अभाव भएपछि बन्द भएका हुन् । सो गाउँपालिकामा सबै तहमा ४ सय १० जना शिक्षक कार्यरत रहेका छन् । गाउँपालिकामा कक्षा ११ र १२ मा भर्ना भएका अधिकांश विद्यार्थी राजधानी काठमाडौँ वा अन्यत्र गएको पालिकाले जनाएको छ । वडा नम्बर ९ का अध्यक्ष रामबहादुर लामाले युवाहरु विदेश र सहर पलायन भएका कारण गाउँ रित्तिदै गएको बताउनुभयो ।

उहाँले विद्यार्थी अभावका कारण संकट उत्पन्न हुँदै गएको बताउनुभएको छ । उहाँका अनुसार बन्द भएका विद्यालय र बन्द हुँदै जाने विद्यालयका शिक्षकको व्यवस्थापनमा चुनौती देखिएको छ ।