images
images

सुनकोशी नदीमा डुबेर बेपत्ता भएका रामेछापका युवकको शव फेला

  • २१ चैत्र २०८०, बुधबार १४:१६

रामेछाप । रामेछापमा पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

रामेछाप नगरपालिका–९ का ३२ वर्षीय सुवास तामाङको शव ४ दिनपछि ढुंगाको चेपमा फेला परेको हो । गत आईतबार सडक निर्माणको लागि उनी सुनकोशी नदीबाट बालुवा निकाल्न भनी गएका थिए । ट्याक्टरमा बालुवा हालेपछि गर्मी भयो भनेर नदीमा पौडी खेल्ने क्रममा तामाङ बेपत्ता भएका थिए । बेपत्ता भएको दिनदेखि रामेछाप प्रहरीले खोजीकार्य जारी राखेको थियो ।

प्रहरीले खोजी गर्ने क्रममा हिजो उनको शव ढुंगाको चेपमा अड्केर बसेको अवस्थामा फेला परेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनको शव आज उनका आफन्तजन बुझेर लगिसकेका छन् ।