images
images

नेकपा माओवादी केन्द्र दोलखाको संयोजकमा श्रेष्ठ र सचिवमा फुयाँल

  • २१ चैत्र २०८०, बुधबार १८:२१

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको संयोजकमा कमल श्रेष्ठ चयन भएका छन् ।

माओवादी केन्द्र दोलखाको आज बसेको बैठकले नेता श्रेष्ठलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । संयोजक चयन भएका श्रेष्ठ यसअघि माओवादी केन्द्र दोलखाको सचिवको जिम्मेवारीमा थिए । यस्तै, नेकपा माओवादी केन्द्र दोलखाको सचिवको जिम्मेवारी सन्तोष फुयाँलले पाएका छन् । फुयाँललाई आजको बैठकले सचिवको जिम्मेवारी दिएको हो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाको आज बसेको जिल्ला कार्यालयको विस्तारित बैठकले जिल्ला संयोजक र सचिवको जिम्मेवारी तोकेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव्म दोलखाका इन्चार्ज विशाल खड्काको पनि उपस्थिति रहेको थियो ।