images
images

एसईई परिक्षा दिँदै गरेका रामेछापका किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

  • २२ चैत्र २०८०, बिहीबार १६:०२

रामेछाप । लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु भएको छ ।

आज दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर रामेछाप नगरपालिका –४ हिमगंगाका १७ वर्षीय भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो । घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा दुई जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उनीसँगै पौडी खेल्न गएका दुई जना किशोरहरु भने सकुशल रहेको रामेछाप प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ आजकाल एसइईको परीक्षा दिँदै थिए । आजको परिक्षा सकेपछि उनी साथिहरुसँग पौडी खेल्न गएका थिए ।