images
images

बागमती प्रदेश सरकार गठनमा राप्रपा निर्णायक, मुख्यमन्त्रीमा दाबी

  • २१ पुष २०७९, बिहीबार ०८:३३

हेटौंडा । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ ।

केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको हो । यसअघि कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो । यद्धपी अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवादी सत्ताको खेलबाट आउट भएका छन् । केन्द्रम ाबनेको नयाँ समीकरणअनुसार प्रदेशमा पनि नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संयुक्त सरकार बन्ने स्थिति देखिएको छ ।

यद्धपी केन्द्रसँगै ७ वटै प्रदेशमा सत्ता गुमाएको कांग्रेस र समाजवादीले राप्रपालाई फकाएर बागमती प्रदेशमा सरकार गठनको लागि पहल गरिरहेको छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । जसका कारण प्रदेशमा सरकार गठनका लागि दलहरुबिच समीकरण गर्नु बाध्यता छ । प्रदेशको मुख्यमन्त्रीका लागि राप्रपाको मुख्य दाबी देखिएको छ । सरकार बनाउन निर्णायक रहेको राप्रपाका उद्धव थापाको प्रदेशको मुख्यमन्त्रीका लागि मुख्य दाबेदारी देखिएको हो । बागमती प्रदेशमा तेस्रो ठुलो दल रहेको एमालेको मुख्यमन्त्रमा बलियो दाबेदारी देखिएको छैन । एमालेले जगनाथ थपलियालाई दलको नेतामा चयन गरेको छ । माओवादीले हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई दलको नेता चयन गरेको छ ।