images
images

च्छोरोल्पा नर्सिङ कलेजको होस्टलको पाँच तलामाथिबाट हाम फालेकी युवतीको मृत्यु

  • २३ चैत्र २०८०, शुक्रबार ०७:१४

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको होस्टेलको पाँच तलामाथिबाट हाम फालेकी युवतीको मृत्यु भएको छ ।

पोखरा घर भई च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीको उपचारको क्रममा गएराती मृत्यु भएको हो । उनलाई च्छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि भक्तपुर रिफर गरिएको थियो । तर, गएराती भक्तपुरस्थित मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । उनले हिजो होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरकी थिइन् । विदामा घर गएकी उनी बुधबार मात्रै चरिकोट फर्किएकी थिइन् ।

घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलबाट हाम फालेकी हुन् । ती युवतीले डिपे्रसनको औषधि समेत सेवन गर्दै आएकी थिइन् । यद्धपी उनले हाम फाल्नुको कारण भने खुलेको छैन ।