images
images

जिरीका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५२ वटा मौरीको घार वितरण

  • २३ चैत्र २०८०, शुक्रबार ०८:०४

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ५२ वटा मौरीको घार वितरण गरेको छ ।

जिरी नगरपालिकाले बिहिबार एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई मौरीको घार वितरण गरेको हो । कृषकहरुको एक लाख र जिरी नगरपालिकाको एक लाख गरी दुई लाख रकमबाट घार खरिद गरि वितरण गरिएको कृषि शाखा प्रमुख लवहरी खत्रीले जानकारी दिनुभयो । कृषकहरुलाई जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले मौरीको घार हस्तान्तरण गर्नुभयो । जिरी नगरपालिकाले विगतका वर्षदेखिनै अनुदानमा मौरीको घार वितरण गर्दै आएको छ ।