images
images

रामेछापमा मलामी गएका एक पुरुषको मृत्यु

  • २३ चैत्र २०८०, शुक्रबार ०९:३५

रामेछाप । रामेछापमा मलामी गएका एक पुरुषको मृत्यु भएको छ ।

रामेछाप नगरपालिका–२ देउरालीका ४७ वर्षीय ललितबहादुर खत्रीको मृत्यु भएको हो । उनी हिजो मलामी गएर घर फर्किने क्रममा सोही स्थानको बेसीडाँडाको सेराख खोला कच्ची सडकमा मृत्त अवस्थामा फेला परेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत्तक खत्रीको शव भने हाल मन्थली अस्पतालमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।