images
images

कालिञ्चोकको बाबरेमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु, तीन गम्भीर घाइते

  • २३ चैत्र २०८०, शुक्रबार १०:५५

जिरी(दोलखा) । दोलखाको कालिञ्चोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय अन्दाजी ३५ वर्षीया सञ्चीमाया थामीको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय निशा थामी, बालकुमारी थामी र टुकी थामी गम्भीर घाइते भएको स्थानीय मान काजी थामीले जानकारी दिनुभयो । आज विहान बाबरेबाट सोरुङखोलातर्फ जाँदै गरेको ट्याक्टर बाबरे निको भूमि खोलामा दुर्घटनामा परेको हो । घटनाको विषयमा थप विवतरण आउन बाँकी रहेको छ ।