images
images

गठबन्धनको मर्मलाई आत्मसाथ गर्दै उपाध्यक्षमा राजी भएँः कुलबहादुर बुढाथोकी

  • २२ बैशाख २०७९, बिहीबार १६:१४

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार कुल बहादुर बुढाथोकीले अध्यक्षमा आफ्नो दाबी रहेपनि पार्टीको मर्म र भावनालाई आत्मसाथ गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताउनुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानिय तह निर्वाचन विशेषमा कुराकानी गर्दै उपाध्यक्षका उम्मेदवार बुढाथोकीले पालिका अध्यक्ष उठेपनि आफुले जित्ने भएपनि गठबन्धन दलबीच भागबण्डा मिलाउँदा उपाध्यक्षको उम्मेदवार बन्न पुगेको बताउनुभएको हो । २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा झिनो मतअन्तरले पराजित भएका बुढाथोकीले पालिकाको कुनै पदमा आफ्नो सहभागीता नहुँदा पार्टीका नेता तथा कार्यकर्ता र जनतामा निरासा छाउने भएपछि यो पटको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनेको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका बुढाथोकीले राजनीतिमा सम्भव भएको कुरा गुम्ने र असम्भव कुरा सम्भव हुने भन्दै यसलाई अब आफुले सामान्य लिँदै गएको बताउनुभयो ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार कुल बहादुर बुढाथोकीले अध्यक्षमा आफ्नो दाबी रहेपनि पार्टीको मर्म र भावनालाई आत्मसाथ गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताउनुभएको छ ।२०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा झिनो मतअन्तरले पराजित भएका बुढाथोकीले पालिकाको कुनै पदमा आफ्नो सहभागीता नहुँदा पार्टीका नेता तथा कार्यकर्ता र जनतामा निरासा छाउने भएपछि यो पटको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनेको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका बुढाथोकीले राजनीतिमा सम्भव भएको कुरा गुम्ने र असम्भव कुरा सम्भव हुने भन्दै यसलाई अब आफुले सामान्य लिँदै गएको बताउनुभयो ।

पालिकाभित्र भएको जातीय, भावनात्मक अन्र्तविरोध अन्त्य गर्न र गाउँपालिकाभित्रको समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ । बुढाथोकीले आफु एक्लै लड्दा पनि जित हुने भएपनि गठबन्धनबाट उपाध्यक्षको निर्वाचन लड्न लागेको र निर्वाचनमा आफ्नो जित निश्चित रहेको दावी गर्नुभयो । कालिञ्चोक गाउँपालिकामा ३ वटा बाहेक सबै वडाहरुमा गठनबन्धन मिलेर निर्वाचन लड्न लागेको र सबै स्थानमा गठबन्धनको जित हुनेमा आफु आशावादी रहेको उहाँले बताउनुभयो ।उपाध्यक्षका उम्मेदवार बुढाथोकीले आफु उपाध्यक्षमा निर्वाचित भएमा गाउँपालिकाको विकास र समृद्धीका लागि भाषा, संस्कृति, भुगोललाई समेटेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कालिञ्चोकका पहिरो पिडितलाई जेठ महिनाभरमा व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकता दिने बताउनुभयो ।

कालिञ्चोकलाई समृद्ध बनाउन आन्तरिक पर्यटकलाई बढाएर आयस्रोत वृद्धि गर्ने, शिक्षा र स्वास्थ्यमा परिमार्जन गर्ने, बाझो जमिनलाई प्रयोगमा जोड दिने, विदेश पलायन भएकालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउने लगायतको योजना रहेको र सोही योजनामा प्रतिवद्ध भएर काम गर्ने उल्लेख गर्नुभयो । साथै सहुलियत कर्जाको व्यवस्था, खानेपानीको व्यवस्थापन गर्ने, वैज्ञानिक वनपैदावर, जडिबुटिको व्यवस्थापन तथा संरक्षण, कृषि उत्पादनको बजारीकरण गर्ने, दुधमा आत्म निर्भर बनाउने, कसर उद्योगको व्यवस्थापन गर्ने, बादर नियन्त्रण गर्ने बताउनुभयो ।