images
images

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

  • २४ चैत्र २०८०, शनिबार ०७:५७

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आवहान गरिएको छ ।

बोर्डले आज सूचना जारी गर्दै यस्तो आवहान गरेको हो । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्ने भएको छ । सीईओका लागि कम्तीमा ३५ वर्ष तथा ६० वर्ष ननाघेको हुनुपर्ने भएको हो । स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको व्यक्ति हुनुपर्नेछ ।योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन सूचनामा भनिएको छ ।