images
images

सिन्धुपाल्चोकमा आगोले जलेर एक महिलाको मृत्यु

  • २४ चैत्र २०८०, शनिबार १९:२०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका–८ की ६२ वर्षीया योग कुमारी धितालको आगोमा जलेर मृत्यु भएको हो । हिजो चुलोमा बालेको आगो धोतीमा सल्किएर शरीर जलेर उनी गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी उनको शुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँ उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।