images
images

हात्तीवनस्थित मेटल उद्योगमा आगलागीमा जलेर मृत्यु भएका पुरुष काभ्रेको रहेको पुष्टि

  • २६ चैत्र २०८०, सोमबार २१:०२

काठमाडौं । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ ।

ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी हँदा मृत्यु भएका पुरुष काभ्रेपलाञ्चोकको रहेको खुलेको हो । मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो । शुक्रबार आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए ।

उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन । तर पछि मृतकका आफन्तले शव सनाखत गरेको ललितपुर प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।