images
images

असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

  • २५ जेष्ठ २०८०, बिहीबार ०७:४८

काठमाडौँ । सरकारले आगामी असार एक गतेदेखि सडक खन्न रोक लगाएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । सडक विभाग अन्तर्गतको कार्यालयले आज सुचना जारी गर्दै बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो । बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने गरेको छ ।

कार्यालयले भाद्र मसान्तसम्म सडक खन्न स्वीकृति नै नदिइने पनि जनाएको छ । कार्यालयले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।