images
images

काभ्रेमा जंगलको डढेलो घर र गोठमा सल्कियो, २३ वटा खसी बाख्रा मरे

  • २७ चैत्र २०८०, मंगलवार ०८:३२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा जंगलको डढेलो घर र गोठमा सल्किदा २३ वटा खसी–बाख्रा मरेका छन् ।

रोशी गाउँपालिका–४ डाँडागाउँस्थित पिप्सेगैरा सामुदायिक वनमा लागेको डढेलो स्थानीय ४१ वर्षीय कुलबहादुर इस्लामी मगरको घर र गोठमा सल्किँदा २३ वटा खसी–बाख्रा मरेको हो । उनको ढुंगा माटो र जस्ताले छाएको २ तले कच्ची घरमा एक्कासि आगो सल्किदा घरसँगै रहेको बाख्रा गोठमा रहेको २३ वटा खसी–बाख्रा मरेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा राखिएको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, २ तोला बराबर सुनको गहना र बाक्सामा राखिएको नगद ५५ हजार समेत नष्ट भएको छ ।