images
images

काभ्रेपलाञ्चोकमा बेहोस भएका बालकको मृत्यु

  • २७ चैत्र २०८०, मंगलवार ०९:३०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककको तेमाल गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

तेमाल गाउँपालिका–४ भञ्ज्याङका फुर्साङ तामाङको ६ वर्षीय कोलाक्पा तामाङको मृत्यु भएको हो । आमाले नुहाउन लाग्दा एक्कासी कामेर तामाङ बेहोस भएका थिए । बेहोस भएका उनको आमा–बुबाले अस्पताल लगेका थिए । तर उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।