images
images

भोली सार्वजनिक बिदा हुने

  • २८ चैत्र २०८०, बुधबार १३:४५

काठमाडौँ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) को अवसरमा भोलि सार्वजनिक बिदा दिइएको जनाएको हो । मन्त्रालयले आज सूचना जारी गरी भोलि सार्वजनिक बिदा दिइएको जनाएकोे हो । सरकारले २०७९ साल चैत २ गते राजपत्रमा प्रकाशित गरेको सूचनामा भोलि दिने बिदा उल्लेख गरिएको छ ।
ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रामजान महिनाको अन्त्यसँगै मनाइने गरिन्छ । ईद उल फित्रको अर्थपनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्दछ । ईद पर्वमा अल्लाहका नाममा विशेष प्रार्थना गर्ने इस्लाम परम्परा रहेको छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने इर्द पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी(धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्दछन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, गहुँको पिठोबाट बनाइएको खाद्यवस्तुको (सेवइ) खिर र मिष्ठान्न परिकार खाने खुवाउने चलन रहेको छ ।