images
images

नेपाली युवामा कोरियन भाषाको क्रेजः ४० हजार बढीले दिए परीक्षा, ६ हजार उत्तिर्ण

  • २८ चैत्र २०८०, बुधबार १५:४६

काठमाडौँ । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षामा ६ हजार उत्तीर्ण भएका छन् ।

उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५ सय ८० जनाले परीक्षा दिएकोमा ६ हजार ३ सय १२ जना पास भएका हुन् । ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । पहिलो चरणको परीक्षामा पास भएकाहरुको हकमा आगामी वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ । दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षार्थीहरुले आफ्नो तोकिएको परीक्षा मिति, समय र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ ।
उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि जान १ लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन फारम भरेका थिए । सन् २०२३ का लागि अनुमानित १५ हजार ४ सय ४८ जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान दरखास्त आवहान गरिएको थियो ।