images
images

सिन्धुलीमा भ्यान दुर्घटना हुदाँ एक युवकको मृत्यु, दुई जना घाईते

  • २७ पुष २०७८, मंगलवार ०५:२९

काठमाडौं । सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ मा तरकारी बोकेको भ्यान दुर्घटना ह्ुदाँ सिरहाको धनगढी माई नगरपालिका वडा नम्बर ९ जिरोमाईलका २५ वर्षिय किसुन कुमार साहको मृत्यु भएको हो । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान दुर्घटना हुदाँ साहको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । दुर्घटनामा परी सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाहीका २८ वर्षिय सन्तोष कुमार साह र सिरहाको कल्याणपुर नगरपालिकाका २१ वर्षिय पवन महरा घाइते भएका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।