images
images

आगलागीमा परी दुई बालवालिकाको मृत्यु

  • २७ फाल्गुन २०७९, शनिबार ०८:४४

उदयपुर । उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ८ का रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा दिदीभाईको मृत्यु भएको हो । आगलागीमा परी सोही स्थानका रामबहादुरकी ६ वर्षीय छोरी जस्मिन मगर र उनको छोरा २ वर्षीय रोजन मगरको मृत्यु भएको उदयरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा विद्युत सर्ट भएर मगरको जस्ताले छाएको तीन तले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।