images
images

दुई नेतालाई सरकारमा पठाएर अझै दुविधामा एस, विश्वासको मत दिन लिखित सहमति हुनुपर्ने

  • २८ फाल्गुन २०८०, सोमबार १५:५४

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै विश्वासको मत दिने बताएको छ ।

आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले आफ्नो पार्टीको मागमा लिखित सहमति भएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने र राष्ट्रियसभा अध्यक्षमा पनि सहयोग गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताउनुभयो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको समेत बताउनुभयो । प्रमुख सचेतक चौधरीले सरकार अघि बढ्ने की ढल्ने भन्नेकुरा प्रधानमन्त्री प्रचण्डमै निर्भर रहेको पनि बताउनुभयो । २ वटा मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा सहभागी भएको छ ।