images
images

कांग्रेस निकट तीन प्रदेश प्रमुखलाई हटाउने मन्त्रीपरिषदको निर्णय

  • २८ फाल्गुन २०८०, सोमबार १८:१४

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने भएको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले तीन प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो । उनीहरु तीन जना नेपाली कांग्रेसका रहेका छन् । जसअनुसार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र र सुदूरपश्चिमका प्रमुख देवराज जोशीलाई हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार रिक्त पदमा मधेस प्रमुखका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियालाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रमुख नेकपा एमाले निकट हुन् ।

यसैबिच, सरकारले गृह मन्त्रालयको सचिवमा एक नारायण अर्याललाई पठाएको छ । अर्याल विगत एक वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेका थिए । श्रम मन्त्रालयको सचिव हुँदा वैदेशिक रोजगार सम्झौतामा राम्रो भूमिका खेलेका अर्याल एमालेको सिफारिसमा गृहमा प्रवेश गरेका हुन् । गृह सचिव दिनेश भट्टराईको भने प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।