images
images

शैक्षिक बचतलाई प्रोत्साहन गर्दै तामाकोशी गाउँपालिका, २ हजार बालवालिका लाभान्वित

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले गत वर्षबाट सुरु गरेको शैक्षिक बचत कार्यक्रममा २ हजार बालवालिकाहरु समेटिएका छन् ।

गाउँपालिकाले गत बर्ष २०७९/८० बाट सुरु गरेको सो कार्यक्रममा पालिकाभरका ३४ वटा सामुदायिक विद्यालयका २ हजार वालवालिकाहरु समेटिएका हुन् । पालिकाका २७ सय ६७ बिद्यार्थीहरुमध्ये सामुदायिक बिद्यालयका २ हजार बिद्यार्थी शैक्षिक बचत कार्यक्रममा आबद्ध भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो । गत बर्ष पालिकाले सो कार्यक्रमका लागि ४८ लाख बजेट बिनियोजन गरेको थियो ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाका अभिभावकले मासिक रुपमा आफ्ना बालवालिकाको नाममा एक सय रुपैँयाका दरले बचत गर्नुपर्ने छ भने एक सय रुपैयाँ गाउँपालिकाले विद्यार्थीको खातामा जम्मा गरिदिनेछ । योसँगै मासिक २ सय रुपैयाँ बिद्यार्थीको खातामा जम्मा हुनेछ । अन्य पालिकाबाट तामाकोशी गाउँपालिकाको सामुदायिक बिद्यालयमा अध्ययन गर्न चाहने बिद्यार्थीले पनि सो सुबिधा पाउने छ । बालकक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि गत वर्षबाट यो कार्यक्रम लागु गरिएको हो ।

तामाकोशी गाउँपालिकाले गत वर्षबाट सुरु गरेको शैक्षिक बचत कार्यक्रममा३४ वटा सामुदायिक विद्यालयका २ हजार वालवालिकाहरु समेटिएका हुन् ।आर्थिक अवस्था कमजोर भएका परिवारमा ४ जना मात्रै परिवार संख्या भएमा सहकारी र गाउँपालिकाले १/१ सय गरी २ सय रुपैँयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । यद्यपि परिवार संख्या ४ जना भन्दा बढी भएमा आर्थिक अवस्था कमजोर भएका परिवारका बिद्यार्थीहरुको खातामा २ सय रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ । गाउँपालिकाको छनौटमा पालिकाका ७ वटा सहकारी संस्थामार्फत् शैक्षिक बचत हुँदै आएको छ ।

 

चालु वर्ष शैक्षिक बचत कार्यक्रमका लागि गाउँपालिकाले ३५ लाख बजेट विनियोजन गरेको छ ।
असहाय र आर्थिक अवस्था कमजोर भएका परिवारका बिद्यार्थीहरुको रकम भने गाउँपालिकाले नै व्यहोर्ने गाउँपालिकाका अध्यक्ष केसिले बताउनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारमा ४ जना मात्रै परिवार संख्या भएमा सहकारी र गाउँपालिकाले १/१ सय गरी २ सय रुपैँयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । यद्यपि परिवार संख्या ४ जना भन्दा बढी भएमा आर्थिक अवस्था कमजोर भएका परिवारका बिद्यार्थीहरुको खातामा २ सय रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ ।

सो रकम बीचमै फिर्ता लिन पाईने छैन । बिशेष कारणबाहेक अन्य समयमा सो रकम बीचमै फिर्ता लिन नपाईने गाउँपालिकाले जनाएको छ । निजी बोर्डिङ स्कुल बाहेक गत बर्ष छुटेका बाँकी बिद्यार्थीहरुलाई चालु वर्ष समेटिने गाउँपालिकाको योजना छ । सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढाउने, बचत गर्ने बानीको विकास गर्ने, उच्च शिक्षाका अध्ययनका लागि सहयोग पुग्ने र उच्च शिक्षा अध्ययन नगर्नेहरुले व्यवसायमा लगानी गर्न पाउने भएकाले सो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष केसिले बताउनुभयो ।

७ सहकारीमार्फत बचत हुँदै
गाउँपालिकाको छनौटमा पालिकाका ७ वटा सहकारी संस्थामार्फत् शैक्षिक बचत हुँदै आएको छ । जसअनुसार वडा नम्बर १ भिरकोटका नागरिकले आफ्नो बालबालिकाको बचतका लागि भिमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थामा बचत गर्दै आएका छन् । वडा नम्बर २ झुलेका स्थानीयले झुले मिलन बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर ३ जफेमा जनश्रमिक बचत तथा ऋण सहकारी, वडा नम्बर ४ मालुमा गढीमाई साकोस, ५ शहरेमा महिला साक्षरता साकोस, ६ च्यामामा प्रगतिशिल साकोस र वडा नम्बर ७ हाँवाका स्थानीयले मितेरी बचत तथा ऋण सहकारी संस्थामा रकम बचत गर्दै आएका छन् ।