images
images

सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट वडा सचिवको मृत्यु

  • २५ मंसिर २०७९, आईतवार ०७:५४

सिन्धुली । सिन्धुलीमा जंगली माहुरी टोकाइबाट एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेमबहादुर रायक्षेत्रीको मृत्यु भएको हो । सर्लाहीबाट हरिहरपुगढी गाउँपालिका आउँदै गरेका रायक्षेत्री जंगली माहुरीको टोकाइबाट गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।