images
images

सिन्धुपाल्चोकको लिसंखुपाखरमा देवरले धारिलो हतियार प्रहार गर्दा भाउजू घाईते

  • २९ फाल्गुन २०८०, मंगलवार ०९:१९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एक महिला धारिलो हतियार प्रहारबाट घाईते भएकी छिन् ।

लिसंखुपाखर गाउँपालिका–२ की ६३ वर्षीया बुद्धिमाया तामाङ हतियार प्रहारबाट घाईते भएकी हुन् । तामाङको देवर ५३ वर्षीय चन्द्रसिंह तामाङले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरेका हुन् । घाईते भएकी उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ रिफर गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हतियार प्रहार गर्ने देवरलाई भने पक्राउ गरिएको छ ।