images
images

भरुवा बन्दुक सहित रामेछापका पुरुष फुलासीको जंगलबाट पक्राउ

  • २९ फाल्गुन २०८०, मंगलवार ११:०९

रामेछाप । रामेछापमा एक पुरुष भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

मन्थली नगरपालिका–११ स्थित काउलेका ४२ वर्षीय कुमार तामाङ एक नाल भरुवा बन्दुक सहित पक्राउ परेका हुन् । उनी हिजो बेलुकी करिब ६ बजे मन्थली नगरपालिका–१३ फुलासी घ्याङडाँडास्थित जंगलबाट पक्राउ परेका हुन् । प्रहरी चौकी फुलासीको टोलीले नियन्त्रणमा लिएका उनीमाथि थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।