images
images

धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गरिने

  • ३० चैत्र २०८०, शुक्रबार १४:३३

काठमाडौँ । गृह मन्त्रालयले धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्न सर्कुलर गरेको छ ।

धर्म प्रचार र धर्म परिवर्तनमा विदेशी नागरिकहरु संलग्न हुने गरेको भन्दै मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको हो । मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताएका छन् । विभिन्न व्यक्ति तथा संस्थाहरुले गर्ने सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरुमा विदेशी नागरिक सहभागी हुने गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गैरकानुनी रुपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सहभागी हुदै आएको छ । सोही कारण उनीहरुमाथि सुक्ष्म निगरानी बढाएर कानुनी कारबाही गर्न मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयले सर्कुलर गरेको हो ।