images
images

अपर तामाकोशीको सतप्रतिशत हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा

  • ३० फाल्गुन २०८०, बुधबार १३:४८

जिरी(दोलखा) । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर डिम्याट खातामा जम्मा भएको छ ।

आइतबार नेप्सेमा सूचीकृत भएको कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो । १०० प्रतिशत शेयर नै लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको कम्पनीले जनाएको छ । हकप्रद सेयर सम्बन्धीत शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएसँगै अब दोस्रो बजारमा खरिद विक्री गर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारण सेयरधनीलाई गत भदौ १८ देखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको हकप्रद सेयरमा आवेदन नपरेपछि पुस १३ देखि २९ गतेसम्म लिलामी विक्रीमा ल्याएको थियो ।