images
images

भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारवाट पत्रकार शिवाकोटी र केसी सम्मानित

  • २ चैत्र २०८०, शुक्रबार २०:१४

दोलखा । यो वर्षको भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारवाट कान्तिपुर दैनिकका दोलखा संवाददाता केदार शिवाकोटी पुरस्कृत भएका छन् ।

हाम्रो रेडियोमा स्थापना गरिएको सो पुरस्कार रेडियोको १७ औं वार्षिक उत्सवको अवसरमा पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । सम्मान–पत्र र पाँच हजार नगद पुरस्कार राशी रहेको सो पुरस्कार बागमती प्रदेश सरकारका पूर्वमन्त्री विशाल खड्का र भेषकुमारी खड्का स्मृति पत्रकारिता कोषकी संरक्षक सावित्री खड्काले प्रदान गर्नुभयो । पुरस्कृत हुने पत्रकार शिवाकोटी लामो समयदेखि कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमसँग आवद्ध रहेका छन् । उनले दोलखालाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका छन् ।

यसैवीच गत वर्षको भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारवाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव एवँ कारोवार दैनिकका दोलखा संवाददाता दिलवहादुर केसीलाई प्रदान गरिएको छ । सम्मान–पत्र र नगद पाँच हजार रहेको सो पुरस्कार गत वर्ष प्रदान गर्ने भनिए केसी काम विशेषले जिल्ला वाहिर रहेका कारण हस्तान्तरण गर्न बाँकी रहेको थियो ।

दोलखाको जिरी नगरपालिकाकी पूर्व शिक्षक एवँ समाजसेवी सावित्री खड्काले आफ्नी स्वर्गीय आमाको स्मृतिमा हाम्रो रेडियोमा पुरस्कार कोषको स्थापना गर्नुभएको थियो । सोही कोषवाट हरेक बर्ष दोलखाका एक जना क्रियाशिल पत्रकारलाई नगद सहित पुरस्कृत गर्ने गरिएको छ ।