images
images

ऐतिहासिक शहर दोलखा बजारमा बैशाख ११ देखि मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

  • ३ बैशाख २०८१, सोमबार १३:२४

दोलखा । दोलखाको ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्विक महत्वको शहर दोलखा बजारमा यही बैशाख ११ गतेदेखि सहकालका देवता मानिने मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ ।

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिनदेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथ यात्रा यो वर्ष यही बैशाख ११ गतेबाट सुरु हुने भएको हो । चैत्र शुक्ल पूर्णिमाको साँझ मच्छिन्द्रनाथको मूर्तिलाई डोकलुङ्गा टोल स्थित अवलोकितेस्वर मन्दिरमा पु¥याई दुधमा स्नान गराएपछि मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको मानिन्छ । नौ दिनसम्म मनाइने करुणामयी मच्छिन्द्रनाथको रथलाई दोलखा बजारका विभिन्न टोलहरुमा परिक्रमा गराईन्छ । विशेषगरी नेवार समुदायले साक्षात् भगवानको रुपमा मान्दै आएको मच्छिन्द्रनाथको रथयात्रा नेपाल संवत ६ सय ३९ सालदेखि सुरु भएको अनुमान छ । मच्छिन्द्रनाथको रथयात्रा गरेपछि पानी पर्ने, खाद्यान्न उत्पादन बढ्ने, लोकको कल्याण हुने र रथयात्राका क्रममा रथ ढल्यो भने अनिष्ट हुने, रोगव्याधी बढ्ने जनविश्वास रहि आएको छ ।

मच्छिन्द्रनाथको रथलाई दोलखा बजारका प्रत्येक टोलटोलमा विशेष पूजाअर्चनाका साथ ६ दिन रथ परिक्रमा गराउने प्रचलन रहेको भीमेस्वर मन्दिर गुठि तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।