images
images

विभागिय कार्यालयको निरिक्षणमा बागमती प्रदेशका राज्यमन्त्री गुरुङ

  • २ माघ २०७८, आईतवार ०९:०२

दोलखा । बागमति प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङ आज दोलखा आउनुभएको छ ।

राज्यमन्त्री गुरुङ बागमति प्रदेश अन्तर्गको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत जिल्लामा सञ्चालित बिभागीय कार्यालयहरुको अनुगमनका लागि आज दोलखा आउनुभएको हो । दिउँसो १२ बजे जिल्ला आईपुग्नुभएका राज्यमन्त्री गुरुङले दोलखाको भीमेश्वर नगरपालिकास्थित बोचमा बागमति फलफुल तथा रुट स्टक केन्द्रको अनुगमन र निरीक्षण गर्नुभएको छ । उहाँले अहिले जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटको अनुगमन गरिरहनु भएको छ । राज्यमन्त्री गुरुङ आजै दोलखाको जिरीमा बास बस्ने र भोली रामेछाप जाने कार्यक्रम तय भएको उहाँका स्वकीय सचिब रवि भण्डारीले जानकारी दिनुभयो । रामेछापमा राज्यमन्त्री गुरुङले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बिभागीय कार्यालयहरुको अनुगमन गर्ने कार्यक्रम छ ।

राज्यमन्त्री गुरुले आजै नेकपा एकिकृत समाजवादीको जिल्ला कार्यालयमा आयोजित भेटघाट तथा स्वागत कार्यक्रममा सहभागी हुनुभएको छ । सोहीक्रममा जिल्लाको वैतेस्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीवाट एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्ने दुई जनालाई राज्यमन्त्री गुरुङले पार्टी प्रवेश पनि गराउनु भएको छ ।