images
images

नेसपा विभाजित भएको होइन सिंगो पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको होःश्रेष्ठ

  • ३ चैत्र २०८०, शनिबार १५:११

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित हुने नभई सिंगो पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको बताउनुभएको छ ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति भएको कुरा सार्वजनिक भएको बेला उहाँले यस्तो बताउनुभएको हो । श्रेष्ठले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको स्पष्ट पार्नुभयो । उहाँले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताउनुभयो । श्रेष्ठले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेको समेत बताउनुभयो ।

उहाँले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमति अनुरूप अगाडि बढेको र छिटो भन्दा छिटोे पार्टी एकता हुने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताउनुभयो । यसअघि डा.बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति भएको खबरहरु आइरहँदा उहाँको यस्तो भनाई सार्वजनिक भएको हो । दुई पार्टीबीच एकताको लागि चार बुँदे सहमति भएको छ ।

सहमति पत्रमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेसपाका महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ । बैठकले एकीकृत पार्टीको नाम आगामीे महाधिवेशनबाट टुङ्गो लगाउने निर्णय गरेको छ ।