images
images

जिरीको खेलमा सहिद स्मृतीको ब्राण्डःप्रथम स्थान सधैं आफ्नो कब्जामा, अरुलाई ‘नो इन्ट्री’

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित सहिद स्मृती आवासीय मावि खेलकुद लगायतका प्रतियोगितामा सधैं अग्रस्थानमा देखिएको छ ।

जिरी नगरपालिका–६ स्थित बुलडाँडामा सञ्चालनमा रहेको सहिद स्मृतीका विद्यार्थीहरु खेलकुद, वक्त्विकला, हाजिरी जवाफ लगायतका प्रतियोगितामा अग्र स्थानमा रहँदै आएका छन् । जिरी नगरपालिकामा हुने नगरस्तरीय प्रतियोगितामा अधिकांश समय सहिद स्मृती नै विजेता हुने गरेको छ । नगरमा मात्रै नभएर जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताहरुमा समेत सहभागी भएर सहिद स्मृतीका विद्यार्थीहरु विजेता/उपविजेताको ट्याग लिएर उपाधि सहिद फर्किने गरेका छन् । केही महिना अघि मात्रै बागमती प्रदेशस्तरीय वक्तित्वकला प्रतियोगितामा द्धीतीय स्थान कायम गरेकी छात्रा मेलिना ढुङगेल जिल्लास्तरीय वक्तित्वकलामा पहिलो बनिन् ।

जिरी नगरमा वर्षेनी हुने राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार सहिद स्मृतिले लिन सफल हुँदै आएको छ । यो वर्ष पनि सहिद स्मृतीका विद्यार्थीहरुले नै राष्ट्रपति रनिङ शिल्ड उचाले । यो सँगै सहिद स्मृतीका विद्यार्थीहरुले लगातार चौंथो पटक उपाधी आफ्नो कब्जामा पारेका हुन् । जिरीमा यो वर्ष पाँचौं राष्ट्रिपति रनिङ शिल्ड भएको थियो । पाँच पटक सो प्रतियोगिताको आयोजना हुँदा एक पटक जिरी–२ स्थित बौद्धभुवनेश्वरी माविले जितेपनि लगातार चौथो पटकसम्म सहिद स्मृतीले आफ्नो पक्षमा पारेको हो ।

जिरी नगरपालिकामा हुने नगरस्तरीय प्रतियोगितामा अधिकांश समय सहिद स्मृती नै विजेता हुने गरेको छ । नगरमा मात्रै नभएर जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताहरुमा समेत सहभागी भएर सहिद स्मृतीका विद्यार्थीहरु विजेता/उपविजेताको ट्याग लिएर उपाधि सहिद फर्किने गरेका छन् । केही महिना अघि मात्रै बागमती प्रदेशस्तरीय वक्तित्वकला प्रतियोगितामा द्धीतीय स्थान कायम गरेकी छात्रा मेलिना ढुङगेलले जिल्लास्तरीय वक्तित्वकलामा पहिलो बनिन् ।

चार वर्षसम्म लगातार सहिदका छोराछोरीले अन्य विद्यालयका विद्यार्थीहरुलाई पहिलो स्थानमा इन्ट्री मार्न दिएनन् । केही दिन अघि मात्रै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जिरी नगरपालिकाले आयोजना गरेको जिरी नगरपालिका अन्तर शैक्षिक संस्था स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सहिद स्मृति आवासीय माविले नै हात पारेको छ । केही वर्ष यता विद्यालयले दर्जनबढी प्रतियोगिताहरुमा सहभागीता जनाएको र त्यसबाट अधिकांश स्थानबाट विजेताको उपाधि हात पारेको प्रधानाध्यापक केन्द्र ज्योति खड्का बताउनुहुन्छ । उहाँका अनुसार विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आफ्नै खेल मैदानमा नियमित अभ्यास गराउने तथा खेल्ने समय उपलब्ध गराउने गरिएको छ । शहिद स्मृती आवासीय माविले जनयुद्ध तथा जनआन्दोलनका सहिद, वेपत्ता, घाइते तथा अपाङ्गता भएका परिवारको बालबालिका र बुबाआमा गुमाएका अभिभाविक विहिन वालवालिकालाई मात्रै शिक्षा प्रदान गर्दै आएको छ ।

साथै, यो विद्यालयमा २०७२ सालको विनाशकारी भूकम्पमा परि बाबुआमा गुमाएका, लोपोन्मुख, अति सिमान्तकृत, दलित, विपन्न पारिवारका बालबालिकाहरुलाई आवासीय सुविधा सहित निशुल्क शिक्षा प्रदान गर्दै आइएको छ । बाबुआमा नभएका बालबालिका पढाउने विद्यालय सहिद स्मृतीको शैक्षिक नतिजा सन्तोषजनक भएपनि विद्यार्थीहरुको खेलकुद प्रतिको प्रतिभा र नतिजा भने उत्तम नै मान्न सकिन्छ । सहिद स्मृती आवासीय माविमा कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ । सो विद्यालयले २०७१ सालदेखि विद्यार्थीलाई माध्यमिक शिक्षा परिक्षामा सहभागी गराएको थियोे । हाल विद्यालयमा २ सय ६३ जना विद्यार्थी र १५ जना शिक्षक सहित २३ जना विद्यालय कर्मचारी रहेका छन् ।