images
images

दोलखाको लामावगर सहित थप सात वटा नाका खोल्न चीन तयार

  • ४ बैशाख २०८१, मंगलवार १६:४२

काठमाडौँ । दोलखाको लामाबगर सहित नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि चीन तयार भएको छ ।

चीनले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै आफ्नो मुलुकसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल दोलखाको झासिगांग नाका, डिङ्जे सहित थप सात वटा नाका खोल्न तयार रहेको जनाएको हो । १४ नाकामध्ये लामाबगर नाका पुरानो नाका हो । लामाबगर नाका खोल्नका लागि नेपाल सरकारले पटक पटक आग्रह गर्दै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड चीन भ्रमण गएको बेला बिभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थियो । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै सम्पन्न गरेको चीन भ्रमणको क्रममा पनि नाका खोल्ने विषयमा छलफल भएको थियो ।

१४ वटा नाकामध्ये यसअघि नै तातोपानी, केरुङ, कोरला र हिल्सा नाका सञ्चालनमा आईसकेका छन् । साथै झोङ्बा र डोल्पाको मेयोङ नाका, झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङडाङ नाका, न्यालामु, ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका पहिलो चरणमा खोल्नका लागि चीन तयार भएको हो ।