images
images

दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

  • १ आश्विन २०७९, शनिबार ०८:१४

दशैँका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवस्था विभागको निर्णयअनुसार आजदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज बिहान ७ बजेदेखि नै लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ला भएको जानकारी दिनुभयो । विभागले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले छुट वा सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको छ ।

यही भदौ २२ गतेको बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड–१९ महामारीलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको थियो ।