images
images

दोलखाको कालिञ्चोकमा तीन घरमा आगलागीः १८ लाख बराबरको क्षति

  • ६ बैशाख २०८१, बिहीबार ०८:४२

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा तीन वटा घरमा आगलागी भएको छ ।

कालिञ्चोक गाउँपालिका–४ का खड्कबहादुर खत्री, दिपक खत्री, महेन्द्र खत्रीको घरमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको हो । गएराति एक्कासी महेन्द्रको घरमा विजुलीको तारबाट करेन्ट सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख, प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा रहेको भाँडावर्तन, लत्ताकपडा, अन्नपात र नगद जलेर नष्ट भएको छ भने मानवीय क्षति भने भएको छैन ।

दिपकको घरमा ८ लाख रुपैयाँ, महेन्द्रको घरमा ५ लाख र खड्काको घरमा रहेको नगद १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।